Logo

जाडोमा प्याजको सेवन जरुरी



जाडो मौसम सुरु हुनासाथ पहिरन र खानपानमा ध्यान दिनु पर्दछ । बाक्लो कपडा र तातो खानपान गर्न जरुरी हुने गर्छ । विषेशगरी स्वस्थ रहन खानपानमा ध्यान दिनु पर्दछ ।

किन प्याज खाने
प्याज हरेक मौसममा प्रयोग हुनेगर्छ । प्याज सबैजसो खानामा मिसाइन्छ ।

यसका फाइदाहरु

जाडो मौसम सुरु हुनासाथ मानिसले आफ्नो पहिरन र खानपानमा ध्यान दिनु पर्दछ । बाक्लो कपडा र तातो खानपान गर्न जरुरी हुने गर्छ । विषेशगरी स्वस्थ रहन खानपानमा ध्यान दिनु पर्दछ ।

किन प्याज खाने
प्याज हरेक मौसममा प्रयोग हुनेगर्छ । प्याज सबैजसो खानामा मिसाइन्छ ।
यसका फाइदाहरु

गर्मी पैदा 
चिनियाँहरु प्याजलाई उर्जाको स्रोत मान्छन् । प्याजको रस चिनियाँ उपचार पद्धितिमा प्रयोग हुनेगर्छ । प्याजको नियमित सेवनले शररिमा गर्मी पैदा गर्दछ जसले जाडो मौसममा शरीरलाई उर्जा प्रदान गर्दछ । त्यसैले प्याजको सेवन जाडोमा आवश्यक छ ।

संक्रमणविरुद्ध लड्ने
प्याजकले एन्टी इन्फ्लेमेटरी, एन्टिसेपिटक र एन्टि ब्याक्टेरियल गुणहरु उत्पादन गर्दछ । प्रायः जसो जाडो मौसममा प्याज फलदायी हुने गर्छ । प्याजले सामान्य चिसो, कफ, कान, जोरो र विभिन्न छाला रोगबाट लड्न मद्दत गर्दछ ।

दन्त स्वास्थ्य
मानिसहरुले खाना खाइसकेपछि मिठो खान रुचाउँछ । मिठो खाइसकेपछि केहिबेरमा प्याज खाँदा दाँतमा लाग्ने किरा र दुखाईबाट मद्दत गर्दछ । काँचो प्याजको स्वादले मौखिक रोग र गम संक्रमणलाई हटाउन मद्दत गर्दछ ।

स्तन क्यान्सरको जोखिम कम
काँचो प्याजले स्तन क्यान्सरको जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुर्याउँछ । एक अनुसन्धान अनुसार काचो प्याजले स्तन क्यान्सरबाट ६७ प्रतिशत जोखिम हटाउँदछ । प्याजमा रहेको गुणहरुले क्यान्सरको कोाषलाई मार्न मद्दत गर्छ ।

पाचन स्वास्थ्य र तौल घटाउने
प्याज फाइबर र पूर्व वायोटिकको मूख्य स्रोत हो । यसले पेटलाई स्वास्इथ राख्न मद्दत गर्दछ । चिकित्सक अनुसार पूर्व वायोटिकले शरीरमा क्याल्सियमको उत्पादन गर्दछ । जसले हड्डीको विकासमा मद्दत पुर्याउँदछ । प्याजमा कम मात्रामा क्यालोरी हुनेगर्छ । जसले तौल कम गर्न मद्दत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्