काठमाडौं, ९ मंसिर । कुटनीतिक क्षेत्रका जानकार डा. अरुण सुवेदीले सुवेदीले पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध भरोसायोग्य नभएको टिप्पणी गरेका छन् । यही परिस्थिति आफूहरुले २००८ सालदेखि नै भोग्दै आएको उनको भनाई छ । उनकाअनुसार नेपाल-भारत सम्बन्ध नेपालको आन्तरिक राजनीतिको जहिलेपनि एउटा महत्वपूर्ण मुद्दा भईबसेको छ ।सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
आजको जनता जान्न चाहन्छन् ः कालापानी र लिपुलेकसम्बन्धमा भारतसँग नेपालले कसरी वार्ता गर्ने ? भन्ने विषयमा परराष्ट्रविद अरुण सुवेदी, ऋषि धमलाका साथमा ।
Posted by Prime Times Television, Nepal on Monday, 25 November 2019
file photo