Logo

गलत समाचार प्रकाशित भएकोमा क्षमा चाहन्छौं



काठमाडौं, १० मंसिर । रिपोर्टर्स नेपाल डटकममा हिजो मंसिर ९ गते प्रकाशित ‘लिम्पियाधुरा नेपालको होईन, भारतको हो’ भन्ने शीर्षकको समाचार गलत भएकोमा सच्याईएको छ ।

प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको भिडियो राखेर प्रकाशित समाचारमा परराष्ट्र मामिलाका जानकार डा. अरुण सुवेदीले लिम्पियाधुरा नेपालको होईन र भारतको हो भनेर कहीँकतै पनि नबोलेको स्पष्ट पार्दै समाचार गलत भएको स्वीकार्दै सच्याउन चाहन्छौं । प्रकाशित उक्त समाचार सत्य नभएको जानकारी गराउँदै रिपोर्टर्स नेपाल डटकम आफ्ना पाठकसँग क्षमा चाहन्छ ।



प्रतिक्रिया दिनुहोस्