Logo

शल्यक्रियापछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ? आयो यस्तो विज्ञप्ती



काठमाडौं, १० मंसिर । पेटमा अत्याधिक दुःखाईका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि तत्काल शल्यक्रिया गरिएको छ । त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा अरुण सायमीले जानकारी दिए।

‘शल्यक्रिया सफल भएको छ,’ उनले भने, ‘सानो शल्यक्रिया हो। अब स्वास्थ्यका अरु विवरण हेरेर अस्पतालमा कति समय बस्ने भन्ने निर्धारण हुन्छ।’ ओलीको एपेन्डिसाइटिसको अपरेसन १२ः४५ बजे सफलतापूर्वक सम्पन्न भएको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । उपचारमा संलग्न चिकित्सकहरुको अनुसार प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था स्थिर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्