Logo

करोडपति सुब्बा, यसरी थुपारे करोडौको सम्पत्ति



काठमाडौं,  १० मंसिर । सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर नायब सुब्बा मदनप्रसाद गुप्ताले अकुत सम्पत्ति कमाएका छन् । त्यो पनि एक वा दुई करोड होइन १५ करोड रुपैयाँ ।

जिल्ला मालपोत कार्यालय सिमरामा कार्यरत गुप्ताले राज्यले दिएको तलब सुविधामा सन्तुष्ट हुन नसकि गलत तरिकाबाट अकुत सम्पत्ती थुपारेका छन् । उनको मनमा रहेको अकुत सम्पत्ति थुपार्ने लोभ अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेको छ ।

कार्यालयमा निमित्त प्रमुखको समेत जिम्मेवारी उनले करोडौ रकम लुकाई छिपाई राखेको भन्दी अख्तियारले उनी विरुद्व विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गुप्ताले देखाएको वैध आय चार करोड ५४ लाख छ तर आयोगको अनुसन्धानअनुसार गुप्ताको कूल सम्पत्ति १९ करोड ३६ लाख ६१ हजार १६९ देखिन्छ ।

उनीसंगै परिवारका सदश्य र उनलाई धन लुकाउन सहयोग पु¥याउने सहयागी उपर समेत मुद्दा दायर भएको हो । उनको अन्यत्रपनि सम्पक्ति हुन सक्ने भन्दै प्रहरी अनुसन्धानमा लागेको छ । गुप्तले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्