काठमाडौँ, ११ मंसिर । डेङ्गुको कारण केही समय सुस्ताएको तनहँुको ¥याफ्टिङ ९जलविहार० व्यवसाय पुनः जुर्मुराएको छ । ¥याफ्टिङको मुख्य सिजन भदौ, असोजमा डेङ्गुका कारण अधिकांश पर्यटकले बुकिङ स्थगित गरेका कारण तनहँुको ¥याफ्टिङ व्यवसाय ठप्पजस्तै थियो तर अहिले क्रमशः जाडो बढ्न थालेपछि लामखुट्टे देखिन कम हुन थालेका कारण पुनः सुरु हुन थालेको तनहँु पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङले बताए।
अधिकांश पर्यटकले आफ्नो बुकिङ रद्द गरेपछि मुख्य सिजनमा गत वर्षको भन्दा ५० प्रतिशत कम पर्यटकले जलविहार गरेको मादी सेतीमा जलविहार गराउँदै आएको ¥यापिड रनर एक्स्पेडिसनका प्रोप्राराइटर वीरेन्द्र लामाले बताए। पानीमा बस्ने लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने भएका कारण विदेशी पर्यटकले सिजनमा बुकिङ रद्द गरेको लामाले जानकारी दिए।
अहिले जाडो बढ्न थालेपछि लामखुट्टेको असर पनि कम हुँदै गएपछि बल्ल बुकिङ सुरु हुन थालेको लामाले बताए। तनहँु पर्यटन विकास समितिका अध्यक्ष गुरुङले पनि मुख्य सिजनमा ¥याफ्टिङ कम भए पनि कात्तिकको अन्तिम साताबाट पुनः सुरु भएको बताए। एक महिनापछि नेपाल भ्रमण वर्ष २०२० सुरु हुने भएका कारण पनि ¥याफ्टिङलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको गुरुङले बताए।
नदीमा पानीको वहाब कम हुने तथा सफा र स्वच्छ पानी तथा वातावरणको कारणले हिउँदको समयमा मादी र सेती नदीमा जलविहार गर्ने पर्यटकको सङ्ख्या धेरै हुने गर्छ । जलविहारका लागि मादी र सेती नदी निकै उत्तम भएका कारण यहाँ पर्यटक आकर्षित हुने पर्यटन विकास समितिका अध्यक्ष गुरुङले बताए। प्राकृतिक दृश्यावलोकनसहित ¥याफ्टिङ गर्न पाइने भएकाले मादी सेती नदी पर्यटकको रोजाइमा पर्ने गरेको गुरुङले बताए। उक्त नदीमा पानीको बहाव ३ प्लस ¥यापिड भएकाले सो रुट ¥याफ्टिङका लागि अति नै सुरक्षित मानिएको ¥याफ्टिङ गाइड हीरा गुरुङले बताए।
दमौलीदेखि चितवनको गाईघाटसम्म मादी सेती नदीमा गत वर्ष सिजनमा दैनिक ५० देखि एक सय जनासम्म स्वदेशी तथा विदेशी पर्यटक ¥याफ्टिङका लागि आउने गरेको लामाले जानकारी दिए । अहिले दैनिक १५÷२० जनाले ¥याफ्टिङ गरेको गुरुङले जाजकारी दिए । मादी सेती नदीमा ¥याफ्टिङ गर्न एक रात र दुई दिनको प्याकेज व्यवस्था गरिएको छ । पहिलो दिन दमौलीको मादी नदीबाट ¥याफ्टिङ गरेको टोली बन्दीपुरको धाप, खहरे हुँदै साराङघाटमा पुगी बास बस्ने र भोलिपल्ट चित९नवको गाईघाट पुगी समापन गर्छन् । दमौलीदेखि चितवनको गाईघाटसम्मको ¥याफ्टिङको दूरी ३२ किलोमिटरको दूरीमा पर्छ ।
गोरखापत्र दैनिकबाट