Logo

राष्ट्रवादी केन्द्र नेपालले टुँडीखेलमा एक लाख मान्छे उतार्ने



काठमाडौं, ११ मंसिर । राष्ट्रवादी केन्द्र नेपालले उठाएको बेरोजगार बर्गको मुक्ती, वैदिक सनातन धर्म साक्षेप राष्ट्र र राष्टबादी नागरिकहरुको एकता भन्ने मुल सिद्धान्त राखी नागरिककको जनजिबिका ,सभ्यताका र राष्ट्रियताका सवालहरु सुनिश्चित गराउनका लागि सञ्चालन गरिएको स्वतन्त्र राष्ट्रिय अभियानको बिचार कार्यदिशा कार्यक्रमहरुसहित सम्पन्न भएको छ ।

शुभ दिपावली नेपाल संवत् र छठ पर्व को पावन अबसरमा शुभकामना आदान र प्रदान साथै देउसी भैलो २०७६ मार्फत आम नागरिकहरुको घरदैलोमा गई अभियानलाई सफल बनाउन कलाकार तथा दक्षिणदाताको रुपमा अतुलनिय भुमिका निर्बाह गर्ने कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण राजधानीका नगरबासिहरुलाई राष्टबादी केन्द्र नेपालले उच्च मुल्यांकन तथा सम्मानपत्र वितरण गर्दै आईरहेको केन्द्रको प्रचारप्रसार संयोजक उज्जल धमलाले जानकारी गराए ।

उक्त कार्यक्रममा राष्ट्रबादी केन्द्र नेपाल सेन्टर नं २ का प्रमुख अनिल राना थारु, तारकेश्वर नपा राष्ट्बादी केन्द्रका प्रमुख अर्जुन उप्रेती र हिमालकाजी कार्कीलगायतले केन्द्रका आगामी कार्ययोजना र केन्द्रका बैचारिक बिचारहरु प्रस्तुत गरेका थिए । राष्ट्रबादी केन्द्र नेपालले हालसालै भारतीय सिमा हस्तक्षेपको बारेमा पनि राजधानीमा बिरोध जनाएको थियो ।

आगामी केही महिना भित्रमानै राजधानीको टुँडिखेलमा कम्तिमा १ लाख नेपाली जनता उतार्ने, सम्पुर्ण राष्ट्रबादी तथा वैदिक सनातन धार्मिक नेपाली नागरिकहरु एक होऔ । न्युनतम ३० हजार पारिश्रमिक घोषणा गर, शिक्षा स्वास्थ्य निशुल्क लागू गरजस्ता बिषयहरु नै राष्ट्रबादी केन्द्र नेपालको मुलभुत बिषय रहेको केन्द्रका संयोजक चन्द्र बहादुर थापाले प्रस्ट पारे ।



प्रतिक्रिया दिनुहोस्