Logo

रामचन्द्र पौडेलले भने : नेकपाले चुनाव प्रभाव पार्ने सूचना आयो



पोखरा, ११ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दलमाथि निर्वाचन प्रभावमा पार्न खोजेको गम्भिर आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले नेकपाले सत्ता र शक्तिको आडमा मंसिर १४ गते हुने उपनिर्वाचनलाई प्रभाव पार्न खोजेको आरोप लगाएका हुन् ।

उनले उपनिर्वाचनमा सत्ता र शक्तिको आडमा चुनावलाई प्रभाव पार्ने दुष्प्रयास भइरहेको सुचना आफुलाई आएको बताए । उनले निर्वाचन आयोग, प्रशासनलाई बुथ कब्जा हुने परिस्थिती आउन नदिन समेत सचेत गराए । पौडेलले काँग्रेसमा उमेदवार खेम राज पौडलेलाई ‘तटस्थ मतदाताहरुको पनि सहानुभूती रहेको बताए । file photo



प्रतिक्रिया दिनुहोस्