Logo

जनजाति, महिला र दलित पनि प्रधानमन्त्री हुनेछन्ः दाहाल



धरान, ११ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

नेकपा निर्वाचन परिचालन कमिटी धरानले आज आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले काँग्रेसले नेकपालाई बदनाम गराए आफँै सकिने बताउनुभयो । “नेपालको विकास कम्युनिष्टले गर्छ ।

अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्न पाउने दिन आउनेछन्”, पूर्वप्रधानमन्त्री दाहालले भने, “हामीले महिला राष्ट्रपति, जनजाति उपराष्ट्रपति, महिला सभामुख बनाइसकेका छौँ । अब महिला, जनजाति र दलित प्रधानमन्त्री बनाउने पालो छ ।” सभामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता भीम आचार्य, नगर प्रमुखका उम्मेदवार प्रकाश राईलगायतले बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस्