Logo

सुब्बाले यसरी कमाए १९ करोड



काठमाडौँ, काठमाडौँ, १२ मंसिर । पद नायब सुब्बा, कमाइ करोडौं । राजधानीको सुन्धारा र कलंकीमा घरजग्गा । सर्लाहीसहित तराईका जिल्लाहरूमा घरजग्गा र सम्पत्ति । आफ्नो कार्यालयका सहयोगीका सासूका नाममा समेत जग्गा खरिद ।

२९ वर्षअघि खरिदारका रूपमा सरकारी जागिर सुरु गरेका मदनकुमार गुप्ताको सम्पत्ति विवरण हो यो । उनले कुल १९ करोड ३६ लाख रुपैयाँ कमाएको भेटिएको छ । अख्तियारका अनुसार त्यसमध्ये ४ करोड ५४ लाख रुपैयाँ मात्रै वैध कमाइ हो । जागिर अवधिमा उनले २७ लाख ९२ हजार रुपैयाँ तलब बुझेका थिए । सर्वोच्च अदालतले ठहर गरेको मापदण्ड हेर्ने हो भने त्यो तलबबाट १९ लाख ५५ हजार रुपैयाँबाहेक एक पैसा पनि बच्दैन । १९ लाख रुपैयाँ कमाएको व्यक्तिसँग १९ औं करोड रुपैयाँ कसरी आयो  ?

‘एउटा कार्यालयमा हुँदा हामीले परीक्षण गरेको आठ महिनाको अवधिमा उनले ४ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको देखिन्छ,’ अख्तियार स्रोतले गत जेठ ३ गते दायर गरेको भ्रष्टाचार मुद्दाबारे कान्तिपुरलाई भन्यो, ‘नक्कली रसिदप्याड छाप्ने, जग्गापास गर्नेहरूसँग नगद लिने र सरकारी खातामा नबुझाउने गरेको भेटियो । केही फाइल हेर्दै करोडौंको अनियमितता गरेको देखिन्छ, अरूमा के हाल होला रु’ ०७५ साउनदेखि फागुन १२ गतेसम्म मात्रै अख्तियारले गुप्ताको नेतृत्वमा साढे ४ करोड अनियमितता भएको भेट्टाएको थियो ।

कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्