ललितपुर, १२ मंसिर । नेपाल मेडिसिटीको रेडियोलोजीमा आर्टिफिसियल इन्टेलिजेन्स सेवा सुरु हुने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले आउँदो दशकमा हाम्रो जीवनको हरेक पक्षलाई परिवर्तन गर्दैछ जसको वास्तविकता विशेषगरी चिकित्सा क्षेत्रमा धेरै स्पष्ट छ ।
रेडियोलोजी र मेडिकल इमेजिंगको क्षेत्रमा एआईले ठूलो प्रगति गरेको छ । युएस एफडीएका धेरै अनुमोदनहरूहरुका अनुुसार रोगको परिक्षण हुने तरीका तथा यसको निदानको तरिका परिमार्जीत हुँदै आएको छ ।
मुलुकको एक अग्रणी तथा प्रगतिशील स्वास्थ्य अस्पताल नेपाल मेडिसिटी अस्पतालले संसारकै उत्कृष्ट इजरायली जेब्रा मेडिकल भीजनसँग साझेदारी गरेको छ । जुन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको रेडियोलोजीका लागि संसारकै उत्कृष्ट मानिन्छ । यसबाट नेपालीहरुले स्वदैशमै उच्च गुणस्तरीय परिक्षण प्राप्त गर्नसक्ने अपेक्षा गरिएको छ ।
नेपालबाट प्रत्येक वर्ष ३ देखि ४ लाख नेपाली नागरिकहरु स्वास्थ्य उपचारका लागि विदेश जाने गरेकाले नेपालबाट ठुलो धनराशि पनि विदेशिने गरेको छ । यसरी विदेशिने प्रमुख कारण भनेको सही परिक्षण र उपचार नै हो । स्वदेशमै सबै स्थानका समान उपचार प्रदान नहुनु अर्को समस्या हो ।
नेपाल मेडिसिटीको रेडियोलोजी तथा इमेजिङ्ग केन्द्र वरिष्ठ रेडियोलोजिष्ट डा. राम कुमार घिमिरेको नेतृत्वमा रहेको छ । उक्त विभागमा आर्टिफिसियल इन्टेलिजेन्ससहितको थप सुरक्षित र गुणस्तरीय एवं विशिष्ट सेवा प्रदान गर्न मेडिसिटी तयार भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
मेडिसिटीले पहिलो चरणमा ईन्ट्राक्रेनियल हेमोरेज, अस्टियोपोरोसिस र हड्डीसम्बन्धी समस्याको रोकथामका लागि विशेष एल्गोरिथमहरू लागू गर्दैछ । त्यस्तै, निकट भविष्यमा क्याल्सियम स्कोरिंगको साथ अपग्रेड गरिने र जसले हृदय रोग, एन्फाइसेमा र कलेजोमा असरसम्बन्धी समस्या पत्ता लगाउन सहयोग गर्नेछ । यस सेवा विस्तार गर्दै स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाइ विश्वस्तरमा पुु¥याउने आशा हामीले राखेका छौं ।