जाडो मौसममा छाला चाउरी परेको कारण चिलाउने गर्छ । चिलाउँदा शरीरमा नङ को कारणले असर समेत गर्छ । त्यसै विषयलाई मध्यनजर राखेर निम्न अवस्थामा ध्यान दिन आवश्यक छ ।
सुख्खा छाला
विशेषगरि जाडो मौसममा छाला सुख्खा हुने गर्छ । पसिना र ओसको अभावमा छाला सुख्खा हुने गर्छ । त्यस कारणले शरीर चिलाउने गर्दछ । चिकित्सकका अनुसार सुख्खा छालालाई चिलाउन भन्दा विभिन्न क्रिमको माध्यमबाट नरम बनाउन आवश्यक छ । सुख्खा छालालाई चिलाउँदा शरीरमा असर पर्ने सम्भावना हुन सक्छ । जाडो मौसममा तातो पानीले नुहाउँदा छाला नरम हुने र चिलाउन कम हुनेछ ।
किराको टोकाइ
किराको टोकाइले शरीरमा रहेको हिस्टामाइन रसायन उत्पन्न हुने गर्छ । उत्पन्न भएको रसायनले चिलाउने प्रक्रियालाई बढाउने गर्दछ । त्यस कारणले शरीरलाई चिलाउँदा आनन्द आउने गर्छ । तर चिकित्सकका अनुसार टोकेको ठाउँमा चिलाउन भन्दा बरफ प्रयोग गर्दा शरीरलाई राम्रो हुने र इन्फेक्सन नहुने जनाएका छन् ।
सनबर्न
सूर्यको तापमान अत्याधिक हुँदा हातहरु प्राय जल्ने गर्छ । त्यसकारण हातहरु चिलाउने गर्छ । त्यस ठाउँमा चिलाए घाउ हुने खतरा हुन्छ । जलेको ठाउँलाई पुनः आफ्नो गतिमा आउन केहि समय लाग्छ । चिलाउन भन्दा त्यस ठाउँमा एलोभेरा जेलको प्रयोग गर्न चिकित्सकको सल्लाह रहेको छ ।
एक्जिमा
एक्जिमा छालाको सुनिने रोग हो । यसले छालालाई रातो, चिलाउने, रफ हुने गर्दछ । जति चिलाए त्यति सुन्निने गर्दछ । त्यसले झन धेरै छालालाई हानी पु्याउँदछ । यस्तो प्रकारको छाला भएमा क्रिम, लोसन लगाएमा छालालाई राहत दिने गर्दछ ।
डान्ड्रफ
जाडो मौसममा डान्ड्रफ कपाल जस्तै हात वा खुट्टामा देखिने गर्दछ । त्यसले प्राय जसो मानिसलाई अफिसहरुमा लज्जीत बनाउने गर्छ । डान्ड्रफले अत्याधिक मात्रामा चिलाउने गर्छ । यसको उपचार एन्टी डान्ड्रफ प्रयोग गर्न चिकित्सकहरु बताउँछन् । Photo Source : Health Essentials