Logo

खाना नपचे के गर्ने घरेलु उपचारविधि



मानिसको शरीर सधै एकैनाशको हुँदैन । बेला बेलामा पाचन क्रिया बिग्रन्छ । उमेर बढ्दै गएपछि पाचनक्रिया कमजोर हुनसक्छ । तर, यसबाट मुक्ति पाउने उपाय र उपचारविधि छ । घरमा बसेर घरेलु विधिबाट उपचार गर्न सकिन्छ ।

– कागतीको रस,अदुवाको टुक्रा र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।

– अदुवा, कागतीको रस,पुदिना, धनियाँ, हरियो खुर्सानीआदि मिसाएर बनाएको ताजा अचार दैनिक खानासँग खानाले पाचनशक्ति बलियो हुन्छ।

– कागतीको रसमा मनतातो पानी र मह मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या कम हुन्छ ।

-जति सक्दो खाना मजाले चपाएर खाँदा पचाउँन सजिलो हुन्छ।

– कलेजो स्वस्थ्य छैन भने पाचन प्रकृया राम्रो हुदैन । त्यसैले मजिराजन्य पेय पदार्थ नखानुहोस् । फलफूल, सागसब्जी, गाजर र चुकन्दरले कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने गर्नुपर्छ ।

-पानी प्रशस्त पिउने गर्नुपर्छ। पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ।

-बढी तनाव का कारण पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि पनि हुन हुन्छ। तनावले मन र दिमाग, पाचनलगायत शरीरका धेरै प्रणालीलाई नै असर गर्छ तनाव कम गर्न प्राणायाम,योग,ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ।

-हरेक दिन घ्यूकुमारीको जुस वा अमला खानाले पाचनशक्ति बलियो हुन्छ। Photo Source : Daily News



प्रतिक्रिया दिनुहोस्