Logo

उद्धव ठाकरे महाराष्ट्रका मुख्यमन्त्री



भारतको महाराष्ट्र राज्यमा शिव सेनाका नेता उद्धव ठाकरे मुख्यमन्त्री बनेका छन् । उनी बिहिबार उक्त राज्यको १९ औं मुख्यमन्त्री बनेका हुन् । ठाकरेले गभर्नर भगतसिंह कोशियारीसँग सपथ लिएका छन् ।

शिव सेनाका संस्थापक नेता बाल ठाकरेका छोरा उद्धवलाई कँग्रेस आई र नेष्नलिष्ट कँग्रेस पार्टीले समर्थन दिएपछि मुख्मन्त्री बनेका हुन् । उनले मुख्यमन्त्री बन्न सत्तारुढ भारतीय जनता पार्टीसँग सम्बन्ध तोडेका छन् । यसलाई कँग्रेस आईले राजनीतिक विजय ठानेको छ ।

शिवसेनाले आधा आधा कार्यकाल मुख्यमन्त्री माग्दा भाजपाले अस्वीकार गरेपछि त्यहाँको राजनीतिक गठबन्धनमा परिवर्तन आएको हो । मुख्यमन्त्री बनेका देवेन्द्र फडनाभिसले तीन दिनमै राजीनामा दिएका थिए । शरद पावरका भतिजा अजित पावर उपमुख्यमन्त्री बनेपनि उनी फर्केपछि उद्धव मुख्यमन्त्री बनेका हुन् ।



प्रतिक्रिया दिनुहोस्