Logo

मध्यरातमा विमानस्थलबाट आठ किलो सुनसहित दुई विदेशी पक्राउ



काठमाडौं, मंसिर १३ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ८ किलो अवैध सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। राति ११ बजे हङकङबाट नेपाल एयरलाइन्सको आरए ४१० विमानमार्फत् नेपाल आएका उनीहरुलाई बोर्डर चेकजाँचको क्रममा पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

उनीहरु दुबैले ४–४ किलो सुन बोकेर नेपाल आएका थिए। पक्राउ परेका व्यक्ति सुनको मालिक हुन् वा अन्य कसैका भरिया बनेर नेपाल आएका हुन भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शुक्रबार नै उनीहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्