Logo

घाइते म्याडोनाको कन्सर्ट रद्द



काठमाडौं, मंसिर १३ । अमेरिकी गायिका म्याडोनाको कन्सर्ट रद्द भएका छन्। ‘म्याडम एक्स’ टूरको दौरान घाइते भएकी गायिका म्याडोनाको बोस्टनमा आयोजना हुने भनिएका कन्सर्टहरु रद्द गरिएका हुन्। अत्यधिक पीडाका कारण चिकित्सकको सल्लाहअनुसार उनको तीन कन्सर्टहरु रद्द गरिएको हो।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा अत्यधिक पीडाका कारण कन्सर्ट रद्द हुने अप्रत्यासित भएको उल्लेख गरेकी छिन्। उनले लेखेकी छिन्, ‘कन्सर्टलाई लिएर यो अप्रत्यासित मोड सिर्जना भएकोमा माफ माग्छु। हरेक रात कन्सर्टको लागि तयारी गर्दा आनन्द महसुस गर्दछु र कन्सर्ट रद्द हुनु मेरो लागि सजाय हो। तर, अहिले मैले अत्याधिक पीडा महसुस गरिरहेको हुँदा डाक्टरको सुझावअनुसार आराम गर्नु आवश्यक रहेको छ। यसले मलाई निको भएर कन्सर्टमा फर्कन सहयोग गर्नेछ।’ यसअघि उनले इन्स्टाग्राममा आइस बाथ गरिरहेको भिडियो पोस्ट गरेकी थिइन्।

आगामी डिसेम्बर ७ देखि फिलाडेल्फियामा र मियामीमा कन्सर्टको विभिन्न स्थान र मिति तोकिएको थियो। नयाँ वर्षको सुरुवातमा भने लन्डन हुँदै पेरिसमा कन्सर्ट गरिने तयारी भएको थियो।एजेन्सी



प्रतिक्रिया दिनुहोस्