काठमाडौं, मंसिर १३। भारतको अयोध्याबाट विवाह पञ्चमी महोत्सवमा सहभागी हुन आउने जन्तीहरुलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर जाने कार्यक्रम रहेकोे छ ।
साधु सन्तसहितका जन्तीहरुलाई राष्ट्रपति भण्डारीले त्यहाँस्थित रंगभूमि मैदानमा स्वागत गर्ने कार्यक्रम रहको जनाइएको छ। अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति भण्डारी जानकी मन्दिरको दर्शन गरेर आजै राजधानी फर्कने कार्यक्रम रहेको छ ।