Logo

हिन्दुको अपमान गरेको भन्दै सलमानको विरोध, साधु सन्त आक्रोशित (भिडियोसहित)



बलिउड नायक जति लोकप्रीय छन् उति नै विवादमा परिरहन्छिन् । उनी कुनैबेला चित्तलको शिकारको अभियोगमा पक्राउ परेका थिए । यसपटक उनी त्यस्तो विवादमा त होइनन तर फिल्मका कारण विवादमा आए ।

सलमान खान नयाँ फिल्म ‘दबंग ३’ मा विवादमा परेका छन् । ‘दबंग ३’ रिलिजको दिन नजिकिदै आउँदा उनको फिल्म मानिसहरुको रिसको शिकारमा परेको छ । सोसल मिडियामार्फत ‘दबंग ३’ तिव्र विरोध गरेका छन् । ‘दबंग ३’ को टाइटल गीत ‘हुड हुड दबंग’ मा सलमानको साथ केही साधुहरु पनि नाँचिरहेको देखाइएको छ । मानिसहरु साधुहरु नाँचेको बिल्कुलै मन पराउँदैनन् । धार्मिक भावनामा ठेस पुगेको आरोप लगाउँदै यी मानिसहरु गीतको साथ फिल्मको पनि विरोध गरीरहेका छन् ।

‘हुड हुड दबंग’ गीतमा सलमानको पृष्ठभुमिमा साधुसन्त हातमा गीतार लिएर नाँचिरहेका छन् । गीतको बीचबीचमा तीन भगवान, शिव, राम र कृष्णलाई पनि पुष्ठभूमीमा देखाइएको छ । मानिसहरुको रिस यति बढेको छकि फिल्म नै बन्द गर्नुपर्ने माग राखेका छन् । हिन्दु जनजागृति समितिले उक्त फिल्मको विरोध गदै धार्मिक भावनामा ठेस पुगेको भन्दै आफ्नै ट्वीटर मार्फत विरोध जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्