Logo

मौन अवधिमा पैसाको चलखेल देखि विकास सामाग्री पुर्याउने होडवाजी



काठमाडौं, १३ मंसिर । उपनिर्वाचनलाई प्रमुख दलहरुले बितेका दुई वर्षको परीक्षाका रुपमा लिएका छन् । सत्तापक्ष र विपक्ष दुवैमाथि आचारसंहिता विपरित क्रियाकलाप गरेको आरोप लागेको छ ।

बाग्लुङमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदले पैसा बाँडेको आरोप लागेको छ । बाग्लुङको प्रदेश १ का सांसद चन्द्रबहादुर बुढाको गाडी नियन्त्रणमा लिइएको छ । बाग्लुङ २ खको प्रदेशसभा चुनावमा शनिबार मतदान हुँदैछ ।

प्युठानमा नेपाली काँग्रेसका उम्मेदवारमाथि जस्तापाता बाँडेको आरोप लागेको छ । मौन अवधिमा जस्तापाता बाँडेकार विद्युतको खम्बा झारेको आरोप लागेको हो । ऐरावती गाउँपालिका खलनामा विद्युत पोल, तार र जस्तापाता बाँडेको नेकपाको आरोप छ ।

यसैगरी, विभिन्न जिल्लामा मौन अवधिमा आर्थिक चलखेलको विषय बाहिर आएको छ । १४ मंसिरमा हुने चुनावको रातभर कतिपय स्थानमा चलखेल भएपछि चुनावलाई प्रभावित पार्न खोजिएको विषय बाहिर आएको हो । विगतमा पनि दलका उम्मेदवारहरुले मतदातालाई प्रभावित पार्न आर्थिक चलखेल गर्ने गरेको चर्चा बाहिर आउने गरेको थियो ।
पैसा विना नेता बन्न सकिदैन र चुनाव लड्न सकिदैन भन्ने सोच विकसित भइसकेको छ । राजनीतिक निष्ठाको राजनीति हराउँदै गएको छ । पैसावालले टिकट पाउने अवस्था विकास हुँदा पैसाको चलखेल हुनेगरेको छ ।

चुनावमा सांसदको उम्मेदवार बन्दा कम्तिमा एक करोड खर्च गर्नुपर्ने धारणा विकास भइसकेको छ । मतदातालाई प्रभावित पार्न पैसा बाँड्ने देखि भोजभतेर गराउने र विकास गरिदिने सम्मको गतिविधि हुनथालेको छ । यो प्रवृत्ति उपनिर्वाचनमा पनि देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्