Logo

थवाङको वडाध्यक्षमा नेकपा विजयी



रोल्पाको थवाङ गाउँपालिका १ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका जनकबहादुर बुढा विजयी भएका छन् । १४ मंसिरमा भएको मतगणनामा बुढाले १७४ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी कमल रोकाले २६ मत प्राप्त गरे ।

विगतमा माओवादी गढ मानिएको थवाङमा विजयी बुढा पूर्व माओवादी हुन् । जम्मा २०९ मत मात्र खसेकाले मतगणना छिटो सम्पन्न भएको थियो । जम्मा १६.४ प्रतिशत मत खसेको थवाङमा मतदाता उत्साही नहुनुलाई अर्थपूर्ण मानिएको छ ।

थवाङमा पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको प्रभाव रहेको छ । नेकपाले चुनाव बहिष्कारको घोषणा गरेको छ । विगतमा माओवादी गतिविधि हुँदा पनि थवाङमा निकै कम मतदान हुन्थ्यो । थवाङ कम्युनिष्ट बाहुल्य ठाउँ हो । त्यहाँ कम मत खस्नुलाई बहिष्कारका रुपमा लिने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्