Logo

आज जोर नम्बरका सवारी चलाय यस्तो कारबाही गरिने



काठमाडौ, मंसिर १५ । सागको औपचारिक उद्घाटनका क्रममा सरकारले काठमाडौंमा जोर विजोर सवारी नम्बरको नियम लागू गरेको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुन आउने विदेशी विशिष्ट पाहुना र खेलाडीको आवागमनमा हुनसक्ने ट्राफिक चुनौतीलाई ध्यानमा राखेर बिजोर नम्बरका गाडी मात्रै चलाउन सरकारले सुचना जारी गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सुचना जारी गर्दे आजलाई अन्तिम विजोर अक्षर भएका सवारीलाईमात्रै चलाउने अनुमती रहेको जनाएको । विहान पाँच बजेदेखि लागू उक्त नियम बेलुका छ बजेम्म रहने जनाइएको छ ।

त्यस्तै खेल समापनको दिन मंसिर २४ गते भने जोर नम्बरका गाडी मात्रै चलाउन पाइने पनि सुचनामा उल्लेख छ ।

सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीका लागि भने यो नियम लागू हुने छैन । सुचनाको अवज्ञा गर्दे सवारी चलाएको पाए प्रहरीले दिनभर सवारी कब्जामा लिनसक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्