कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिएकी छन् ।
उनले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत ल्याएकी छन भने नेपाली काँग्रेसका खेमराज पौडेलले तीन हजार ७०४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३३ र २१ को मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन् ।