Logo

अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस, नेपालमा यस्तो छ तयारी



काठमाडौं, १५ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस–३ २०१९ मूल आयोजक समितिको सचिवालयले यो वर्षको दिगो विकास लक्ष्य, अपाङगतामैत्री भविष्य’ नारासहित दिवस बनाउन लागिएको बताएको छ ।

आज राष्ट्रिय अपाङ्ग महासंघ, नेपालले पत्रकार सम्मेलन नीत र कानूनमा जे व्यवस्था भएतापनि सिमान्तकृत वर्गहरुको सूचीमा अपाङ्गता भएका व्यत्तिःहरु सम्भवतः सबैभन्दा धेरै सिमान्तकृत वर्गमध्ये पर्ने जनाएको छ ।

समितिले भनेको छ,‘अपाङ्गताको परिभाषा अझैपनि परम्परागत ढंगबाट र चिकित्सकीय सोचबाट मात्र गर्ने गरिन्छ । तर, पछिल्लो समयमा अपाङ्गतालाई शारीरिक, मानसिक वा ईन्द्रीयसम्बन्धी अवस्था नभनेर मानिसलाई शारीरिक वा मानसिक अवस्थाको आधारमा गरिने विभेद, उपेक्षा र उनीहरुको सहभागितालाई अवरुद्ध गर्ने अवरोधहरुको कारण उत्पन्न अवस्थाको रुपमा परिभाषित गरिन्छ ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्