Logo

हड्डी बलियो बनाउँन र अनिन्द्राबाट मुक्त हुन चिसोमा यी फल खानुहोस



चीसो मौससमा धेरै थरीको फल बजारमा पाइन्छ र स्वादिष्ट पनि हुन्छ । यी फलहरु भित्र मानिसमा चाहिने पोषण तत्वहरु लुकेर रहेका हुन्छन् । चीसोमा पाईने फलले विशेषगरी आँखा र पूरै शरीरको लागि निकै मद्दत पु¥याउँछ ।

स्याउ

स्याउले आखाको मुनि रहेको कालो घेरा हटाउन, तौल नियन्त्रण गर्न, दाँतलाई स्वस्थ्य राख्न, छालाको क्यान्सरबाट बच्न र मधुमेह जस्ता रोगबाट बचाउन सक्छ ।

केरा

हरेक दिन विहान १२ बजे पहिला केरा खानाले ब्लड पे्रशर नियन्त्रण भई मन खुशी राख्दछ ।

कैनबेरी

आधाकप कैनबेरीको रसमा २५ क्यालोरी पाइन्छ । उसले क्यान्सर बाट जोगाउनुको साथै रक्तचाप नियन्त्रण तथा इम्युनिटि पावर बढाउँछ ।

स्ट्रोबेरी

रातो रंगको फलले आँखाको समस्याबाट बचाउँन सक्छ । मनसंग सम्बन्धित जुनसुकै रोगबाट बचाउन सक्छ र यो इम्युनिटि पावर बढाउँनको लागी सबभन्दा राम्रो फल हो ।

नासपाती

यी विभिन्न किसिमको नासपतिले गर्भवती महिलालाई, बिग्रिएको छालामा सुधार ल्याउन, तौल नियन्त्रण गर्न र हड्डी मजबुद गर्नका लागि उपयोगी मानिन्छ ।

अंगुर

बिग्रिएको छालाको लागी यो धेरै प्रभावकारी हुन्छ । दाग कम गर्नका लागि र स्तन क्यान्सरबाट पनि बचाउन पनि सक्छ ।

कागती

कागतीमा भिटामिन सी भरपुर मात्रामा पाइने हुदाँ यसको प्रयोग दैनिक गर्नुपर्दछ ।

सीताफल

यसले एनीमियाबाट बचाउनुका साथै पाचन प्रणालीलाई बलियो बनाउँछ ।

भुइकटहर

यसले चोट लागेको मानिसलाई औषधीको रुपमा काम गर्छ । त्यस्तै क्यान्सरबाट बचाउँछ । चीसोबाट हुने खोकीबाट छिटो मुक्त पार्छ ।

अम्बा

अम्बाले तनावबाट टाढा राखी रगत संचालनमा सुधार ल्याउन मद्दत गर्छ ।

खजुर

कपाल र सुन्दर छालाको लागि धेरै फाईदा गर्छ । यसले हड्डीलाई पनि बलियो बनाउँछ ।

सुन्तला

सुन्तलालाई भिटामिन सी को मुलश्रोत नै मानिन्छ । यसबाट छाला र मनको स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

मेवा

मेवाले बलियो मांशपेशी बनाउँनमा राम्रो भुमिका खेल्छ, यसले छालामा हुने सुर्यको नकरात्मक किरणबाट पनि जोगाउँछ ।

किवी

किवीले निन्द्राको असर हुने मानिसको समस्यालाई हल गर्छ । ब्लड प्रेशर नियन्त्रण गर्नुको साथै मनको रोगीलाई पनि लाभदायक हुन्छ ।

अंजीर

अंजीरमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ,यसले तौल घटाउँनमा सहयोग गर्छ ।



प्रतिक्रिया दिनुहोस्