Logo

जीतपछि विद्या भट्टराईले रवीन्द्र अधिकारीको सपना साकार पार्ने बाचा गरिन्



काठमाडौं, १५ मंसिर । कास्की-२ की निर्वाचित सांसद विद्या भट्टराईले रवीन्द्र अधिकारीको सपना पूरा गर्ने बाचा गरेकी छिन् । आइतबार साँझ विजयी घोषणा भएपछि उनले कास्की २ का जनतालाई धन्यवाद दिर्दै स्वर्गीय पति रवीन्द्र अधिकारीको सपना साकार पार्नु आफ्नो गन्तव्य हुने बताएकी छिन् ।

भावुक भई उनले ट्वीट गर्दै लेखेकी छिन्, ‘प्रिय रवीन्द्रजीका सपना, योजना र कम्युनिस्ट पार्टीको मार्गदर्शनमा मेरो आगामी योजना र गन्तब्य हुनेछ।’

भट्टराईले जनताको मतमाथि कहिल्यै धोका नदिने बाचा समेत गरिन् । उनले लेखेकी छिन्, ‘यहाँहरुको मत माथि मबाट कहिल्यै धोका हुने छैन ।’

गत वर्ष हेलिकोप्ट र्दुघटनामा पति रवीन्द्र अधिकारीको मृत्यु भएपछि खाली रहेको कास्की २ मा विद्या भट्टराईलाई नेकपाले टिकट दिएको थियो । उनले काँग्रेसका खेमराज पौडेललाई आठ हजार मतान्तरले पराजित गरेर सांसद बनेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्