पीनास नाकको भित्र खाली ठाँउमा हुने अवरोधको कारण हुने रोग हो । टाउको र अनुहारमा हुने हाडहरुमा हावा भरिएको खाली भागहरुमा साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ ।
साइनस ४ प्रकारका हुँन्छन ।
१. म्याक्जिलरी साइनस –दुवै तिर गालाको भित्र
२. फ्रन्टल साइनस –निधारमा
३. इथमोइडल साइनस–आखाहरुको विचमा
४.स्फेनोइडल साइनस –इथमोइडल साइनसको भित्रपट्टि समग्रमा यिनिहरुलाई पारानेजल साइनेस पनि भनिन्छ । पातलो झिल्लीको तह साइनसमा हुन्छ ।
जब हामीलाई एर्लजी हुन्छ नाकमा रुघाखोकी लाग्छ साइनसमा सिगान भरिन्छ र सुनिन्छ । साइनसको बाटो अवरुद्ध हुदाँ सिगान निस्कन नपाउँदा ब्याक्टेरियाबाट पिनास हुन्छ । रुघाखोकीलाई हेलचेक्राई गर्दा पिनास हुन्छ । यो बाहेक नाकभित्रको हड्डी बांगिनु, धुवाँ, धुलोको संक्रमण, नाकमा हुने एलर्जी, र नाकभित्र मासु पलाउनु पनि पिनास हुनुको मुख्य कारण हुन् ।
कारण
साइनसको मुखहरु बन्द हुनु
साइनसको भित्रि भागमा आवातजावतमा रोकावट आउनु भित्रको फोहोर आउन बाहिर आउन नपाउँनु
नाकको भित्री भागमा मासु पलाउनु वा ट्युमर हुनु
धुम्रपान मद्यपानको कारण पिनास हुन्छ
रुघाको औषधीको जथाभावी प्रयोगले पनि पिनास हुन्छ ।
मुख्यगरि पिनास दुई प्रकारका हुन्छन् ।
१. भाइरल वा व्याक्टेरियल संकमणले गर्दा १० दिनभन्दा कम समय हुने पिनास
२. १० दिन भन्दा बढी समस्या भएमा व्याक्टेरियाले पिनास गराउँछ । १२ हप्ता भन्दा बढी लगातार निको नभएमा मासु नाक भित्र पलाएको हुन सक्छ ।
लक्षण
–टाउको, निधारको अगिल्लो भाग दुख्नुका साथै नाकबाट गन्ध आउने र बाक्लो सिँगान बग्नु
–सुघ्ने क्षमतामा कमी आउनु
–माथिल्लो दाँत दुख्नसका साथै टाउको झुकाउँदा टाउकोमा पीडा हुने
–भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको सामान्य संक्रमण भएर सुनिन्छ भने एलर्जिक पिनास हुदा नाकबाट लगातार तरल पदार्थ बगिरहने, आखाँ कान चिलाउने र हाँछ्यु आइरहन्छ ।
उपचार
–चिकित्सकसँग परामर्श लिएर घरेलु उपचार वा औषधी सेवन गर्ने
–चिसो खाने कुरा बाट टाढा रहने
–धुलो धुवा र प्रदुषणबाट अलग रहने
–१ लिटर पानीमा आधा चम्चा टिम्मुर र एक चम्चा ज्वानो राखेर वाफ लिने ।वाफ लिएको आधा घण्टा पछि गाईको घ्यु पगालेर ३ थोपा नाकमा राख्ने
–अनुलोम विलोम, नाडी सुद्धि र प्राणयाम जस्ता योगा गर्ने