Logo

हाजिरीजवाफ प्रतियोगिता



मोहन श्रेष्ठ
काठमाडौँ, १७ मंसिर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वीरेन्द्रनगर सुर्खेतको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

वीरेन्द्रनगर नगरपालिका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा इजरब्रिज माध्यमिक विद्यालयका प्रकाश थापा, मोहन शर्मा र मनिष सिंह ठकुरी प्रथम भएको छ भने, श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामका लक्ष्मण थापा, वीर बहादुर रावत र कल्पना खनाल द्वितीय भएका छन् । त्यस्तै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडा स्कुलका हिक्मत दानी, नगेन्द्र थापा र अगस्तराज जैशीले तृतीय स्थान ल्याउन सफल भएको हो ।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको रजत जयन्तीको अवसरमा यही मंसिर २४ गते पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ । उक्त दिन संस्थाले रक्तदान कार्यक्रम समेत गर्ने योजना रहेको नगर सचिव लोकराज आचार्यले जानकारी दिए । मंसिर २४ गते परिषद् स्थापनाको २५ औँ वर्ष पुग्दैछ ।



प्रतिक्रिया दिनुहोस्