चना, केरा र बदाम सहजै बजारमा पाईन्छन् । यी तीन चिजले कुपोषणलाई सजिलै हटाउन सक्छ । यी तीन चिजबाट तयार गरिएको खानेकुराले बालबालिकालाई कुपोषण हुनबाट जोगाउँछ । साथै शारीरिक विकासमा पनि टेवा पर्याउँछ ।
अमेरिकामा गरिएको अनुसन्धानले कुपोषण भएका बालबालिकालाई केरा, चना र बदामले निकै लाभदायक फाइदा दिने निस्कर्ष निकालेको हो ।
त्यस्तै बंगलादेशमा कुपोषण भएका बालबालिकामा गरिएको अनुसन्धानमा शरीरमा रहेका लाभदायक जिवाणुको संख्या बढ्नाले बालबालिकाको हड्डी, दिमाग र शरिरको विकासमा टेवा पुगेको पाईएको छ ।
आजभोृली विश्वभर नै जनस्वास्थ्य समस्माको रुपमा रहेको छ । १५ करोड बालबालिका विश्वभरमा कुपोषणबाट प्रभावित छन ५ वर्ष भन्दा कम उमेरमा मृत्यु हुने आधा भन्दा धेरै बालबालिका कुपोषण बाट प्रभावित हुने गर्छन । सामान्य बालबालिकामा जस्तो लाभदायक जिवाणुको संख्या कुपोषित बालबालिकामा कम हुने हुदाँ यीनीहरु कमजोर हुन्छन् ।
राम्रो व्याक्टेरिया हुन आवश्यक
कुपोषित बालबालिकामा विस्तारै शारीरीक विकास हुने हुदाँ उनीहरुको पाचन प्रणलीमा राम्रो व्याक्टेरियाको कमी हुनसक्छ ।
यी तीन आहारले आन्द्रामा रहने सुक्ष्म जीवको संख्खा बढ्ने अनुसन्धानबाट पत्ता लागेको छ । यसले हड्डी, दिमाग र रोग प्रतिरोधक क्षमता बढाउन,बच्चाको तौल तथा समग्र स्वास्थ्यमा पनि निकै प्रभावकारी भमिका खेलेको छ ।