काठमाडौँ, १९ मंसिर । जारी १३औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत साइक्लिङमा महिला र पुरुष दुबैमा नेपालले स्वर्ण पदक जितेको छ। गोकर्णमा बुधबार भएको एक किलोमिटर डाउनहिल इभेन्टमा नेपालका लागि राजेश मगर र निष्मा श्रेष्ठ दुबैले स्वर्ण पदक जितेका हुन्।
यसैगरी रजत पदक पनि नेपालले नै प्राप्त गरेको छ। पुरुषतर्फ निरभ श्रेष्ठ र मलिातर्फ जमुना थापाले रजत हात पारेका हुन्।
अन्नपूर्ण पोष्ट्बाट