काठमाडौँ, १९ मंसिर । प्रदेश ३ का विभिन्न जिल्लामा करोडौंका आयोजना अलपत्र छन्। ठेकदार सम्पर्कमै नआएपछि कतिपय ठाउँमा नयाँ सम्झौता गरिएको छ। तर, राजनीतिक आडमा ठेक्का लिएर काममा लापरवाही गर्ने ठेकदारलाई कारबाही नभएको सिन्धुलीको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतको दुखेसो छ।
सिन्धुलीमा मदन भण्डारी लोकमार्गअन्तर्गत कमला नदी, मध्यपहाडी लोकमार्गअन्तर्गत बहादुर खोला र खाङसाङको सोखु खोलामा पुल निर्माण दशकदेखि अधुरै छ। ३२ करोड लागतमा २०६८र६९ देखि रानीवास र हत्पते जोड्ने गरी कमला नदीमा पुल बनाउन थालिएको थियो। पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको कमला नदीको पुल। पप्पु कन्स्ट्रक्सनको लापरवाहीका कारण पुल अलपत्र छ। सम्झौताअनुसार २०७२र७३ मा काम सम्पन्न गर्नुपथ्र्यो। ४० प्रतिशत काम नसकी ठेकदार भागेको हो।
पप्पु कन्स्ट्रक्सनका निर्देशक हरिनारायण रौनियार प्रतिनिधिसभा सदस्य छन्। पर्सा निर्वाचन क्षेत्र ३ बाट निर्वाचित रौनियार सम्पर्कमा छैनन्। ६ मिटर चौडाइ र ५ सय ४६ मिटर लामो पुल निर्माण गर्नुपर्ने प्राविधिक प्रतिवेदनमा उल्लेख छ। मध्यपहाडी लोकमार्गमा निर्माणाधीन दुई पक्की पुल आठ वर्षदेखि अलपत्र छन्। फिक्कल गाउँपालिका–४ खाङसाङ खोला र फिक्कलकै ६ नम्बर वडा बादुरा सोखु खोलामा पुल नबनेको हो। खाङसाङ खोलामा पप्पु कन्स्ट्रक्सन र बादुरा सोखु खोलामा नेपाल प्रगति जेभीले ठेक्का लिएका थिए। मकवानपुर र सिन्धुली जोड्ने बागमती खोलाको पुल निर्माण सम्झौता अवधि सकिएको तीन वर्षमा ५० प्रतिशत मात्र काम भएको छ। पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी २०६८ असार २९ गते स्वच्छन्द भैरवले तत्कालीन धरान–चतरा–सिन्धुली–हेटौंडा सडक आयोनजना ९हाल मदन भण्डारी लोकमार्ग सडक आयोजना०सँग सम्झौता गरेको थियो। उक्त अवधिमा काम नभएपछि २०७५ असोजसम्म म्याद थप गरिए पनि पुल बनेन। स्वच्छन्द भैरवले क्यानन गौतम जेभीलाई पेटी ठेक्कामा काम दिएको थियो। तर, सात वर्ष अवधिमा १२ वटा पिलर हालेर पेटी ठेकदार भागेपछि स्वच्छन्दले गत वर्षदेखि काम गरिरहेको छ।
मकवानपुरको गढी–५ आमभञ्ज्याङबाट ३ नम्बर वडाको काली खोला जोड्ने पुलको ठेक्का सम्झौता गत असार दोस्रो साता सकियो। नागार्जुन शंकरमाली जेभीले २७ प्रतिशत काम मात्र सकाएको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख पुष्कर पोखरलेलले बताए । उक्त कम्पनीले नै ठेक्का लिएको हेटौंडा–९ बाट हेटौंडा–१३ पदमपोखरी जोड्ने कुखरेनी खोलाको पुल पनि अलपत्र छ। निर्माण प्रगति ५५ प्रतिशत मात्र रहेको र ठेकदार सम्पर्कमा नरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। ४ करोड ६६ लाख २३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकामा ठेकदार कम्पनीलाई २ करोड ३८ लाख ४१ हजार रुपैयाँ भुक्तानी दिइएको पोखरेलले बताए।
मकवानपुरका पाँच स्थानमा निर्माण अलपत्र पार्ने कम्पनीलाई कालोसूचीमा राख्ने तयारी छ। महावीर, शिखर, तामाकोसी जेभीले दुई वर्ष समय लिएर निर्माण सुरु गरेको फापरबारी–भोर्लेनी सडकको काम एकतिहाइ पनि भएको छैन। पुल निर्माणको सम्झौता अवधि गत भदौमा सकिएको छ । महावीर, शिखर, तामाकोसी जेभीले ठेक्का लिएको मनहरी–चैनपुर–राक्सिराङ सडकस्थित आँपखोल्ची पुल पनि अलपत्र छ। १ करोड २१ लाख ६७ हजार रुपैयाँमा ठेक्का लिएको कम्पनीले दुई वर्षको अवधि गुजारेको एक वर्ष पुग्न लागेको छ। इलाइट, सपना, विद्याञ्चल जेभीले ठेक्का लिएको हटिया–बालबोध गुवाबारी सडकमा निर्माणाधीन पुलको म्याद सकिएको दुई वर्षसम्म पूरा भएको छैन।
नक्सा नै गलत
दोलखाको गौरीशंकर गाउँपालिकामा निर्माणाधीन दुई पुल १० वर्षदेखि अलपत्र छन्। नेपाल कन्सल्ट्यान्ट प्रालिले गलत नक्सा सिफारिस गरेका कारण गौरीशंकर गाउँपालिका–५ भोर्ले र वडा नम्बर ७ स्थित घट्टे खोलाबीचको पुल अझै नबनेको हो।
कन्सल्ट्यान्टले सिफारिस गरेको डिजाइन, मापदण्ड र तौलअनुसार पटक–पटक वर्कसप डिजाइन गर्दा पनि ५२ टन तौल अपुग भएको थियो। कन्सल्ट्यान्टले करिब १ सय ६४ टन स्टिल फेब्रिकेसनको सिफारिस गरेको थियो। दुई फरक वर्कसपमा डिजाइन गर्दा करिब २ सय १६ टनको हिसाब निस्किएपछि नक्सा गलत भएको सडक डिभिजन कार्यालय दोलखाका प्रमुख धमेन्द्र झाले बताए। २०६६ मा ६ करोड रुपैयाँ लागतमा रौताहारओमबुद्ध जेभीले यसको ठेक्का पारेको थियो। ३१ टन बढेको तौलको भुक्तानीका लागि १ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ।
गौरीशंकर गाउँपालिका–७ स्थित घट्टे खोलाको पुल २०६८ असार २९ मा ठेक्का सम्झौता गरेको सर्बउद्धाररफ्रेन्डसर श्रेष्ठ जेभीले आठ वर्षदेखि अलपत्र छाडेको हो। १ करोड ९५ लाख ४७ हजार लागत रहेको साढे ७ मिटर चौडाइ ६० मिटर लम्बाइको पुल ८ वर्षमा एकापट्टिको आधार संरचना मात्र बनेको थियो। त्यो पनि बाढी र पहिरोले क्षति पुर्याएको स्थानीय बताउँछन्।तामाकोसी नदीको दुवैतर्फ आधारसंरचना बनेपछि अलपत्र अवस्थामा रहेको गौरीशंकर गाउँपालिका–५ स्थित भोर्ले पुल। ठेकदार कम्पनीका प्रतिनिधि रामकाजी श्रेष्ठले आधिकारिक नापनक्सा उपलब्ध गराउन सडक कार्यालयमा निवेदन दिएको बताए। डिजाइन उपलब्ध नगराएकाले काम रोक्नुपरेको उनको भनाइ छ। सडक कार्यालय प्रमुख झाले ड्रोइङबिना एउटा आधार संरचना कसरी निर्माण गरियो भनेर आफू अन्योलमा रहेको बताए। ठेकदारलाई सहमतिमा ल्याउन प्रयास गर्ने नभए चालू वर्ष ठेक्का तोड्ने उनले बताए।
अन्नपूर्ण पोष्ट्बाट