काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अहिले केही बेरमै डिस्चार्ज हुँदैछन् । एपेन्डिसाईटिसको शल्यक्रिया गराएका ओली त्रि.वि. शिक्षण अस्पतालस्थित् मनमोहन कार्डियो भास्कुलर सेन्टरमा आराम गरेका थिए ।
आज तीन बजे उनी डिस्चार्ज हुने उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीलाई डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले भेटेकी थिईन् ।