जाडो मौसममा छालालाई सुख्खा र फुस्रो मात्र बनाउँदैन । तर, यसले कपालमा पनि प्रभाव पार्दछ । कपाल टुक्रिएर र कमजोर भई झर्न थाल्छ । त्यसका लागि कपालको स्वास्थ्यको ख्याल कसरी राख्ने ठूलो प्रश्न हो ।
घरेलु उपचार
मेथीको प्रयोग
कपाललाई लामो र नरम बनाउन मेथी प्रयोग गर्नुहोस् । यसका लागी ४ चम्चा मेथी रातभरी भिजाउनुहोस् । यसमा ४ चम्चा घ्युकुमारी को जेल ,केही पात, २ ÷३ खालका फलफूल, १ चम्चा मह र १ चम्चा जैतुनको तेल राख्नुहोस् । यसरी चिल्लो पेस्ट बनाउनुहोस । अब यसलाई स्क्याल्प र कपालको टुप्पोमा राम्रोसंग लगाउनुहोस । यसलाई १५–२० मिनेट सम्म राख्नुहोस र त्यसपछि यसलाई स्याम्पु प्रयोग गर्नुपर्दछ । हप्तामा एक पटक यो प्याक लगाएर कपाल नरम बनाउन सकिन्छ ।
प्याजको प्रयोग
सुख्खा र फुस्रो कपालमा चमक थप्नका लागि प्याजको रस, मेथीको पाउडर र मह एउटा भाडामा जम्मा गरेर रातभर राख्नुहोस् । यसलाई राम्रोसँग कपालमा लगाउनुहोस् र यसरी लगाएर एक घण्टा राखीसकेपछि राम्रो स्याम्पुले कपाल धुनुहोस् । यसले चमक आउनुको साथै यो प्याकले कपाल पनि कडा बनाउँछ ।
जैतुनको प्रयोग
कपाल र छालाको को लागी जैतुनको तेल र दहि धेरै प्रभावकारी हुन्छ । यी दुईको प्याक बनाएर लगाउँदा निकै फाइदा हुन्छ । एउटा कचौरामा दही र केही जैतुनको तेल राख्नुहोस् र तालुमा माक्सको रुपमा प्रयोग गर्नुहोस् । यसलाई करिव ४५ मिनेट सम्म राख्नुहोस् । त्यसपछि यसलाई स्याम्पु गर्नुहोस् । तपाईँ यो मास्क दैनिक प्रयोग गर्न सक्नुहुनेछ र एक हप्ता भित्र यसको प्रभाव देख्नुहुनेछ ।