काठमाडौं, २० मंसिर । सानिमा बैंक लिमिटेडले आफनो १५औं बार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ । यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट प्रदान गर्नेछ ।
बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गरी ल्याएको यो योजना २०७६ मंसिर २० देखि २२ गते सम्म तीन दिनको लागि लागु हुनेछ । यो योजनाअन्तर्गत बैंकको डिजिटल सेवाहरुजस्तै डेविट कार्ड, क्रेडिट कार्ड, ट्राभल् कार्ड, प्रायोरीटि पास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
साथै, विभिन्न रेष्टुरेन्ट तथा विधुतिय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको हाल ७९ शाखा, १ एक्टेन्सन काउन्टर र ७५ ए.टि.एम. रहेको छ ।