निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो । यसमा फोक्सोका कोषहरुमा संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रश्वासमा समस्या हुन्छ । व्याक्टेरिया, भाइरस जस्ता साना किटाणुहरुले निमोनिया गराउँदछ । यसमा बालबालिका नै बढी पीडित हुन्छन् । विश्वमा ५ वर्ष मुनिको बालबालिकाको मृत्युको मुख्य कारण निमोनिया रहेको तथ्यांक छ ।
- चिसोमा बढी सम्भावना चिसोमा भाइरसका कृयाकलाप बढ्ने हुनाले
- हावामा आद्र्रता कम भएर, हाँछ्यु र खोक्दा निस्केका थोपाहरु हावामा नै रहने हुनाले
- बन्द कोठामा चिसोमा एक अर्काको नजिक रहने हुनाले
लक्षण
- छिटोछिटो स्वास फेर्ने
- सास फेर्दा कोखा हान्ने
- दुध चुस्न नमान्ने
- छाती घ्यार घ्यार गर्ने
- नीलो हुने
- ज्वरो आउने
- रुघाखोकी लाग्ने
उपचार
- बाफ लिन लगाउने
- ज्वरो र खोकीको औषधी दिने
- झोलिलो खानेकुरा खुवाउने
- पानी प्रशस्त खुवाउने
- बालबालिकाहरुलाई निमोनियाबाट बचाउन यी तरिका अपनाउन सकिन्छ ।
- पोषक तत्वहरुको भरपुर सेवन गराउने
- तालीका अनुसार खोप लगाउने
- संक्रमीत व्यक्तिहरु बाट बच्चालाई टाढा राख्ने
- रुघाखोकी र धुवाँ धुलोबाट बचाउने
- बच्चाहरुलाई खेल खेलाईसकेपछि राम्रोसँग हात धोइदिने