काठमाडौं, २२ मंसिर । १३ औँ सागअन्तर्गत पौडीमा गौरिका सिंहले रजत पदक जितेकी छन् । अघिल्ला दुई प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी नेपाली जलपरी गौरिका सिंह शनिबार भने चुकेकी छन् । एक सय मिटर ब्यास्ट्रोकमा स्वर्ण जित्न चुकेकी हुन् ।
शनिबार भएको प्रतिस्पर्धामा उनलाई भारतकी मन्ना राजीव पटेलले रजतमा सीमित गराएकी हुन् । प्रतिस्पर्धामा निर्धारित दुरी भारतीय मन्नाले एक मिनेट ०२।३५ सेकेन्डमा पार गरिन् भने गौरिकाले एक मिनेट ०३।१५ सेकेन्डमा मात्र पूरा गरिन् ।
अन्नपूर्ण पोष्ट्बाट