Logo

बार्सिलोना शीर्ष स्थानमा उक्लियो, मेस्सीको ह्याट्रिक



काठमाडौं, २२ मंसिर । स्पेनिश जाईन्ट बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । कप्ताल लिओनल मेस्सीको ह्याट्रिकमा बार्सिलोनाले मालोर्कालाई पराजित गरेको हो ।

शनिबार राति भएको खेलमा बार्साले मालोर्कामाथि ५–२ को फराकिलो जीत निकालेको हो । ला लिगामा यो मेस्सीको ३५ औं ह्याट्रिक हो । यो सँगै मेस्सी ला लिगामा सर्वाधिक ह्याट्रिक बनाउने किर्तीमानी खेलाडीसमेत बनेका छन् । उनले क्रिस्टियानो रोनाल्डोलाइ पछि पारेका हुन् ।

बार्सिलोनाले खेलको सातौं मिनेटमै एन्टोनी ग्रिजमनको गोलबाट अग्रता बनाएको थियो । मेस्सीले १७ औं मिनेटमा ग्रिजमनकै पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३५ औं मिनेटमा मालोर्काका लागि एन्टे बुडिमिरले गोल फर्काए । ४१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो र ४३ औं मिनेटमा लुइस सुअरजेले पहिलो गोल गरेपछि बार्सिलोने पहिलो हाफमै ४–१ को अग्रता बनायो ।

एन्टे बुडिमिमरले नै ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–२ को अवस्थामा पुग्यो । मेस्सीले ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै बार्सिलोनाको जित सुनिश्चित पारे ।

जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट ३४ अंक नै भए पनि रियल मड्रिड गोलअन्तरमा पछि रहेको छ । रियलले शनिबार भएको खेलमा स्पानयोललाई २–० ले पराजित गरेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्