Logo

खुमलटारमा नेकपाका नेताहरुलाई किन बोलाए प्रचण्डले ?



काठमाडौं, २२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहालको निजी निवासमा भेला भएका छन् । ललितपुरको खुमलटारमा रहेको अध्यक्ष दाहालको निवासमा बरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, स्कुल विभाग प्रमुख तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेल पुगेका थिए ।

भोलि बस्ने सचिवालय बैठकको एजेण्डामाथि छलफल गर्न अध्यक्ष दाहालले नेताहरुलाई बोलाएको स्रोतको दाबी छ । पछिल्लो समय अध्यक्ष दाहाल पार्टीका महत्वपूर्ण बैठक बोलाउन सक्रिय छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरामी छन् । उनी आराम गरेर बसेको बेला दाहालले यसअघि नै सचिवालय बैठक बोलाईसकेका छन् । अब अर्को बैठक भोलि सोमबार अपरान्ह बोलाईएको छ ।



प्रतिक्रिया दिनुहोस्