Logo

मंसिर २६ गते विश्व भूमी धार्मिक पार्टी, नेपाल घोषणा गरिने



काठमाडौं, २२ मंसिर । विश्व भूमीभक्त होम बहादुर कार्कीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । यही मंसिर २६ गते काठमाडौंमा एक कार्यक्रमकाबीच कार्कीले नयाँ पार्टी घोषणा गर्न लागेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार विश्व जगतलाई बचाउनको लागि पनि नेपालमा नयाँ पार्टीको आवश्यक छ ।

उनले भने,‘मैले यही २६ गते दिउँसो एक बजेर ३ मिनेट जाँदा विश्व भूमी धार्मिक पार्टी, नेपाल भनेर घोषणा गर्नेछु । हाम्रो मुख्य उद्देश्य भनेको नै धर्म बचाउन अभियान चलाउनु हो ।’ उनले आफ्नो मुख्य उद्देश्य भनेको नै देश र धर्मलाई बचाउनु भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्