अत्याधिक व्यस्त, असन्तुलित जीवनशैली, दुषित खानपान, तनाबको कारणले हामीलाई हरेक प्रकारका समस्या आइपरेका छन् । पेट दुख्ने समस्या चाही हामी सबैको साझा समस्या नै हो । यसको समस्या धेरैमा पाइन्छ ।
पेट दुखेमा बजारमा धेरै औषधीहरु पाइन्छन । तर, बजारमा पाइने औषधी भन्दा घरेलु उपाय अपनाएमा शरीरलाई धेरै फाइदा हुन्छ । कतिपय औषधीहरु व्यथा घटाउने भन्दा बढाउने खालको हुन्छन् । त्यसैले सकेसंम घरेलु औषधी कै प्रयोग गर्नु उत्तम हुन्छ । यसका लागी घरेलु टिप्सहरु छन् जसको प्रयोगले घरमा नै बसेर आफ्नो पेट दुख्ने समस्याबाट छुटकारा पाउन सक्नु हुन्छ ।
तुलसी
तुलसीको सेवनले शरीरमा भएका अनेक रोगहरु निको हुने गर्छ , तुलसीलाई धर्तीको अमृत भन्ने पनि गरिन्छ । तुलसीको पातलाई कडा बनाएर पिउनाले झाडापखाला र कब्जियतबाट पनि राहत पाउन सकिन्छ । एक चम्चा तुलसीको रस पिउनाले पेट दुखाई निको हुने र बटारेको पनि ठिक पार्छ । दैनिक तुलसीको चार पातको नियमित सेवनबाट धेरै प्रकारका समस्याबाट राहत मिल्दछ ।
त्रीफला
त्रिफलाले कब्जियतको समस्यामा निकै फाइदा पुर्याउँछ । तीन जडिबुटिको मिश्रणले त्रिफला बन्छ । जसमा आमलकी, हरतिकी र विभतकी मिसिएको हुन्छ । त्रिफलाको एक सय ग्राम चुर्ण र ६० ग्राम चीनी मिसाएर दिनमा दुइपटक सेवन गर्नाले पेटको सबै समस्याबाट राहत मिल्छ ।
बेथे
बेथेको साग पेटको समस्याको लागी अंमृत नै मानिन्छ । यसले आमाशयमा शक्ति प्रदान गर्छ र कब्जियत हटाउछ । बेथेको सागले शरीरलाई शक्ति प्रदान गर्नुृका साथै पेट सम्बन्धि समस्यालाई निराकरण गर्न मद्दत पुग्छ । बेथेको रस र उमालेको सागको पानी खानाले ग्यास्ट्रिक, दुखाई र कब्जियत निको हुन्छ ।
सौंफ
सौंफको प्रयोग खाना खाइसकेपछि गरिन्छ तर यसलाई पानीमा उमालेर सेलाएर पिउनुमा बढी फाईदा हुन्छ । दिनमा ३ पटक पिउनाले अपच र कफको समस्या बाट छुटकारा पाउन सकिन्छ । पेट दुखेको अवस्थामा सौंफलाई भुटेर चपाउदा पनि निको हुन्छ ।
ब्रेस्ट मसाजको फाइदा नै फाइदा
महिलाहरु आफु सुन्दर हुनको लागी व्युटिपार्लर जान्छन । फेसियल,स्क्रब र विभिन्न खाले उपाउ अपनाउछन । आफ्नो स्वास्थ्यको लागी महिलाहरु जिम जाने, योगा गर्ने र हेल्दी डाइट खान्छन । तर आफ्नो स्तनलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन र खासै केहि पनि गर्दैनन । ब्रेस्ट मसाजमात्रै संम्भोग उत्तेजनाका लागी मात्र नभएर विभिन्न स्वास्थ्यमा पनि फाइदा पुग्छ । Photo Source : Clinical Pain Advisor