महिलाहरु कामको व्यस्तताको कारण खुट्टाको छाला फुटेको,कडा र सुख्खा हुन्छ । हेरचाह कम भएको कारण खुट्टा दुख्ने र हिड्न गाह्रो हुने समस्या अहिले बढीरहेको छ । यसको उपचारको लागी केहि घरेलु तरिकाहरु छन् ।
तरकारी तेल
मनतातो पानीमा स्याम्पु राख्ने र खुट्टा १० मिनेट सम्म डुबाउने । छाला कडा भएको ठाँउमा प्यूमिके पथ्थरले छाला नरम नभएसम्म रगड्नुस । यसो गर्दा मृत छालालाई हटाउछ । यसपछि खुट्टा धोएर तरकारकिो तेल लगाएर सुत्नुहोस् ।
कागतीको रस
कागतीले छाला नरम पार्न सहयोग गर्छ । राती सुत्नु अघि १० मिनेट कागतीको रस मिसाएको पानमिा खुट्टा भिजाएर राख्नुहोस् । उक्त भागमा प्युमिक पथ्थर ले रगड्नोस् । अन्तिममा खुट्टा धोएर सुकाएर सुत्नहोस् ।
निमको पात
नीमकोे पातले फुटेको खुट्टाको हड्डी निको पार्नुको साथै संक्रमणहरु पनि हटाउछ । बेसार र निमको पातलाई मिसाएर पेस्ट बनाउन,े खुट्टा फुटेको ठाँउमा त्यसको पेस्ट लगाउने र आधा घण्टा पछि नुन पानीले धुनुहोस् ।
चामलको पिठो
चामलको पिठो, मह र स्याउको पेस्ट बनाएर खुट्टा फुटेको ठाँउमा लगाउनुस् । १० मिनेट पछि खुट्टा सुख्खा बनाई नुन पानीले धुनुहोस् ।
मह
महले फुटेको खुट्टालाई निको पार्छ । मनतातो पानीमा मह हाली खुट्टा डुबाउनोस् । १५ देखि २० मिनेट सम्म प्युमिक पथ्थरले रगड्नुहोस । यसो गर्दा फुटेको खुट्टालाई ठिक बनाउँछ ।