काठमाडौं, मंसिर २७ । म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका छन् ।
स्थानीय सरकारलाई काम गर्ने मजदुरका रुपमा जानकारी दिएर धमाधम टहरा निर्माण गरिएको हो । उनीहरु १६ दिनअघि काठमाडौंमा बसोबास गर्दै आएका थिए ।
‘कुशादेवीकै ठेकेदार रामेश्वर थापाले आफ्नो ठेक्कामा मजदुरी गराउने उद्देश्यले बसोबास मिलाएका हुन्’, रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले भने।‘काठमाडौंको बूढानिलकण्ठको कपनस्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका हौँ ।’ नेपाल समाचारपत्रबाट