Logo

पश्चिम नेपालमा वर्षा र भारी हिमपात



काठमाडौं, मंसिर २७ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण पश्चिम नेपालका पाहाडी भेगमा बर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौषमामा बदलीसंगै पाहाडी जिल्लामा हिमपाल सुरु भएकाले सबैलाई सतर्क हुन समेत आग्रह गरेको छ ।

महाशाखाले जारी गरेको सुचना अनुसार पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदलीभएदेखि नै हिमाली तथा उच्च पाहाडी क्षेत्रमा हिमपात सुरु भएको हो ।

पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा समेत हिमपातका साथै पश्चिमी भूभागका केही स्थानमा हुरी आउन सक्ने पनि महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्