काठमाडौँ, २७ मंसिर । अखिल नेपाल फुटबल संघ एन्फाले शनिबारबाट सुरु हुने नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि कतार एयरवेजसँग मुख्य प्रायोजन सम्झौता गरेको छ । बिहीबार एन्फा मुख्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका नेपाल कन्ट्री म्यानेजर मोहम्मद इलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यो सम्झौतापछि प्रतियोगिताको नाम ‘कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग’ हुनेछ। एक वर्षका लागि भएको सम्झौता अनुसार कतार एयेयरवेजले एन्फालाई प्रायोजनस्वरूप १ लाख ५० हजार अमेरिकी डलर दिनेछ। कतार एयरवेजले पहिलो किस्ताबापत ९० हजार अमेरिकी डलर र दोस्रो किस्तामा बाँकी ६० हजार अमेरिकी डलर दिनेछ। साथै लिगमा सहभागी १४ टोलीको जर्सीमा समेत कतार एयरवेजको ब्याच अनिवार्य गरिएको छ। ‘मैले एफफसीका अध्यक्षसँगको भेटमा हामीले नेपालमा पनि लिगलाई स्थायित्व गर्न लागेको र त्यसका लागि एउटा प्रायोजक खोजिदन आग्रह गरेको थिएँ,’ एन्फा अधयक्ष शेर्पाले भने, ‘उहाँले कतार फुटबल संघलाई खबर गर्नुभयो, जसको परिणाम स्वरुप कतार एयरवेज नेपालको लिगमा प्रायोजन गर्न सहमत भयो। यो निकै सकारात्मक सुरुआत हो।’
यो सम्झौतापछि प्रतियोगिताको नाम ‘कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग’ हुनेछ। एक वर्षका लागि भएको सम्झौता अनुसार कतार एयेयरवेजले एन्फालाई प्रायोजनस्वरूप १ लाख ५० हजार अमेरिकी डलर दिनेछ।
‘हामी कतार एयेरवेजसँग सहकार्य गर्न पाउँदा हर्षित छांै,’ शेर्पाले थपे, ‘आशा छ यो सम्झौता आगामी दिनमा पनि निरन्तर रहनेछ। यो सम्झौताले नेपाल र कतार फुटबल संघबीचको सम्बन्धमा नया उचाइ दिनेछ।’ ‘ए डिभजन लिगमार्फत नेपाली फुटबल संघ जोडिन पाउदा हर्षित छौ,’ कतार एयरवेजका नेपाल कन्ट्री म्यानेजर मोहम्मद इलले भने।
नागरिक दैनिकबाट