Logo

धनुषा विस्फोटः धाइते इन्सपेक्टरको मृत्यु



काठमाडौं, मंसिर २८ । धनुषामा बम विस्फोटमा घाइते भएका प्रहरी निरिक्षक अमिर दाहालको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा परी अन्य ३ जना घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर छ। घाइते हुनेहरूमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली रहेका छन्। शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो।



प्रतिक्रिया दिनुहोस्