Logo

कपाल रोप्न खोज्दा व्यापारीको ज्यान गयो



कपाल झरेपछि चिन्तित एक व्यापारीले चिकित्सकसँग परामर्श गरे । उनले यसै वर्ष कपाल रोपे । क्लिनिकमा कपाल रोपेपछि उनको घाँटी, अनुहार र पाखुरामा पीडा अनुभव गरे ।

कपाल प्रत्यारोपणका क्रममा समस्या आएको दुई दिनपछि ती व्यक्तिको निधन भयो । यो घटना भारतको मुम्बईको हो । मार्च ७ मा कपाल रोप्न क्लिनिक पुगेका श्रवण कुमारको ९ मार्चमा निधन भएको हो ।

उनको निधनको कारणबारे अनुसन्धान गर्न माग चलिरहेको छ । कपाल प्रत्यारोपणमा मृत्युको सम्भावना निकै कम हुने चित्सिकले बताएपनि यो घटनापछि भारतमा निकै चासो बढेको छ ।

श्रवण कुमारको ४० वर्षपछि कपाल झर्न शुरु गरेको थियो । उनको परिवारमा त्यो वंशानुगत समस्या थियो । तर, कपाल झरेपछि उनले नक्कली कपालको टोपी लगाउँथे । ४३ वर्ष पुगेपछि कपाल उमार्न खोजीमा लागेका थिए ।



प्रतिक्रिया दिनुहोस्