काठमाडौं, २९ मंसिर । महानगरीय प्रहरी अपराध महाशाखा अन्र्तगत कार्यरत अर्का प्रहरी घुससहित पक्राउ परेका छन् । महाशाखामा दरबन्दी भई केन्द्रीय कारागारमा कार्यरत असई उमेश केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेको हो ।
उनले बलात्कार मुद्दाका अभियुक्तसँग सुरुमा एक करोड मागेका थिए । पछि ६० लाखको डिल गरेका थिए । पीडितलाई बयान फेर्न लगाउने भन्दै उनले घुस मागेको अडियो अख्तियारले पाएको थियो । पछि शंका लागेर उनले घुस भने लिएका थिएनन् ।
गत साता मात्र महाशाखाा इन्सपेटर जय नेपाल थापा घुससहित रंगेहात पक्राउ परेका थिए । महाशाखा प्रहरीको आकर्षक पोष्टिङ मानिन्छ । जहाँ कतिपय प्रहरी दशौं वर्षदेखि त्यही बसेर मस्ती गर्दै आएका छन् । गुन्डादेखि लुटेरासम्म त्यहाँका प्रहरीको सेटिङ हुने गरेको छ ।