Logo

देउवा पेलेरै जाने



काठमाडौं, मंसिर ३० । कांग्रेसको आन्तरिक विवाद चुलिँदै गएको छ। तीन दिनदेखि लगातार वार्ता भए पनि सहमति नजुटेपछि सभापति शेरबहादुर देउवा ‘बहुमत’बाटै अगाडि बढ्ने निष्कर्षमा पुगेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेन्डा बनाएको छ। उक्त समूह आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि सहभागी भएन। वरिष्ठ नेता पौडेल भने काठमाडौंबाहिर छन्। महाधिवेशन कार्यतालिका समावेश नगरेको भन्दै पौडेल समूहले बिहीबारको बैठक बहिष्कार गरेको थियो। कार्यतालिका नआएसम्म बैठकमा सहभागी नहुने अडानमा यो समूह छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिका लागि अधिकतम प्रयास भइरहे पनि लामो समय पर्खिन नसकिने संकेत गरे। ‘सहमतिका लागि छलफल भइरहेको छ’, प्रवक्ता शर्माले भने, ‘तर, सहमति नै नहुने अवस्थामा प्रक्रिया अगाडि बढ्छ।’ अर्को बैठक सोमबार बस्दै छ। यो बैठकमा पौडेल समूह सहभागी नभए सभापति देउवा पेलेरै निर्णय लिने तयारीमा रहेको आजको अन्नपूर्ण पोस्ट्बाट

 



प्रतिक्रिया दिनुहोस्