Logo

सरकारमाथि कांग्रेसकी छायाँ श्रममन्त्रीको आरोपैआरोप (विज्ञप्तीसहित)



काठमाडौं, १ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद तथा छायाँ श्रममन्त्री डा. डीला संग्रौलाले सामाजिक सुरक्षा कोषमा सहभागी हुन आउने रोजगारदाताहरूलाई सरकारले धम्क्याएको आरोप लगाएकी छन् । मंगलवार सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै संग्रौलाले उनले यस्तो बताएकी हुन् ।

संग्रौलाले सामाजिक सुरक्षा कोषमा सहभागी हुन आउने रोजगारदातालाई समझदारीपूर्वक ल्याउनुपर्नेमा जोड दिइन् । उनले भनिन्,‘अहिलेसम्म १ लाख २५ हजार श्रमिक र ११ हजार रोजगारदाता सामेल भएको भनिएको छ, सबै रोजगारदाता इच्छुक नभएको भन्ने जानकारी आइरहेको देखिन्छ । सरकारले धम्क्याउन खोजेको जस्तो देखिन्छ । रोजगारदातालाई समझदारीपूर्वक ल्याउनुपर्छ भन्ने मेरो ध्यानाकर्षण हो ।’

Press Release issued by Dr. Sangroula

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमले घाँस उखेल्ने, टोपी लगाएर फोटो खिचाउने जस्ता कामहरू गरेको पनि टिप्पणी गरिन् । उनले थपिन्,यो कार्यक्रममा प्रदेश र स्थानीय सरकारको भूमिका स्पष्ट पार्न जरुरी छ, जुन सरकारले गर्न चाहिरहेको छैन ।’



प्रतिक्रिया दिनुहोस्