Logo

एसएसपी थापा वित्तीय अपराधी समात्दै गर्दा मातहतका प्रहरीको घुसकाण्ड



काठमाडौं, २ पुस । अरबौं रुपैया ह्याकिङ गरी रकम निकाल्न लागेको गिरोहलाई समातेर नेपाल प्रहरीको अपराध महाशाखाले वाही वाही कमाइरहेको छ । महाशाखा प्रमुख सहकुल थापाले वित्तीय सहित आर्थिक अपराधमा संलग्नहरुलाई धमाधम पक्राउ गरिररहेका छन् । तर, थापा नेतृत्वको अपराध महाशाखा मातहतको प्रहरी अधिकृत एकपछि अर्को गरी घुस लेनदेन प्रकरणमा पक्राउ पर्न थालेका छन् ।

नक्खु कारागारमा बलात्कारसम्बन्धि मुद्धामा सजाय भोगिरहेका एक अभियुक्तकी श्रीमतीसंग मुद्धा मिलाइदिने भन्दै घुस मागेको अडियो वार्तालापको आधारमा महाशाखाका असई केसीलाई अख्तियारले शुक्रवार पक्राउ गरी हिरासतमा राखेको छ । उनले सुरुमा ती महिलासंग ६० लाख वार्गेनिङ गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । पछि पटक पटक ९ लाख सम्म बार्गेनिङ गरि ती महिलालाई हैरान पारेपछि अख्तियारले बार्गेनिङको अडियो देखि मेसेजसम्म अनुसन्धान गरी केसीलाई पक्राउ गरेको हो । असई उमेश केसी महाशाखाबाट केन्द्रिय कारागार सुन्धाराको सुरक्षामा खटिएका प्रहरी अधिकारी हुन् । यसरी मातहतका प्रहरी अधिर्कतहरु घुस काण्डमा पक्राउ पर्दा प्रश्न उठेको छ ।

महाशाखा अन्र्तगतका अधिकृत धमाधम घुस काण्डमा पर्न थालेपछि एसएसपी थापाले वित्तिय अपराधीलाई पक्राउ गरेका राम्रा काम पनि ओझेलमा परेका छन् । कृषि विकास बैङ्कको सफ्टवेयर ह्याक गरी ७० लाख रुपैयाँ निकाली सकेको र ५ अर्ब निकाल्ने तयारीमा रहेकाले भन्ने पिटरद्धारा परिचालित लवाङ तामाङसहित १२ जनालाई पक्राउ गरेका थिए एसएसपी थापाले । अन्र्तराष्ट्रिय आपराधिक गिरोहले अनलाइन ठगी र ह्याकिङबाट संकलित रकम नेपालका १७ वटा बैङ्कमार्फत विदेश पुर्याउने र पार्सल आएको भन्दे प्रलोभन देखाएर ठगेको र वित्तिय संस्थाको सर्भर ह्याक गरेर जम्मा पारेको रकम गिरोहले स्थानिय एजेन्टमार्फत विभिन्न व्यक्तिका नाममा राखी बैङ्कबाटै उम्काइरहेको भेटिएपछि अपराध महाशाखाले त्यो गिरोहका तीन जनालाई पक्राउ गरी २०७६ मंसिर २९ मै सार्वजनिक गरेको थियो ।

अन्र्तराष्ट्रिय गिरोहमा संलग्न नाइजेरियाली नागरीक पिटर हमृन र बेलायती नागरकि स्मिथका सहयोगीसंग मिलेर १० वर्षदेखि यस्तो ठगी गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले गत मंगलवार पिटर र स्मिथका सहयोगी तीन नेपालीलाई पक्राउ गरेपछि ठगीको रहस्य बाहिर आएको हो ।

महानगरीय अपराध महाआखाको टोलीले ठमेलमा रेस्टुरेन्ट संचालन गर्दै आउका दोलखाका ५२ वर्षिय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षिय विश्वेश्वरप्रसाद तिवारी र नवलपरासी कै मनी एक्सचेन्ज संचालक १९ वर्र्षीय सन्दिप कलवारलाई पक्राउ गरेको थियो । प्रहरीले खड्कालई काठमाडौबाटै पक्रेको हो भने तिवारी र कलवार नवलपरासीबाट समातिएका हुन् । प्रहरी स्रोतको अनुसार १० सहयोगी सहित भारतमा बसेर अपराध संजाल चलाइरहेका पिटरलाई पनि केही समयअघि भारतीय प्रहरीले पक्राउ गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्