Logo

काँग्रेस बैठकमा रामचन्द्र पौडेल जाने



काठमाडौं, ३ पौष । अन्ततः नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल जाने भएका छन् । बैठक बहिष्कार गर्दै आएका पौडेल लचिलो भएका छन् ।

काँग्रेस स्रोतका अनुसार पौडेलले बैठकमा सहभागी भई आफ्नो धारणा राख्नेछन् । पौडेलले महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान राखेकोमा देउवा पक्ष लचिलो भएपछि सहमतिको मार्ग तयार भएको हो । यद्यपि पौडेल अझै असन्तुष्ट छन् । उनी पक्षधर नेताहरुले बैठकमा गएरै सभापति शेरबहादुर देउवाको कदमको डटेर सामना गर्नुपर्ने सुझाव दिएका छन् । पौडेल पक्षलाई मिलाउन उपसभापति विमलेन्द्र निधि सक्रिय भएका थिए । देउवाको सन्देश लिएर निधि पौडेल पक्षधरका नेताहरुलाई पटक पटक भेट्न पुगेका थिए ।

अर्का सभापति विजयकुमार गच्छेदार पनि सहमतिको बिन्दु तयार गर्न सक्रिय भए । त्यसले गतिरोध घटाएको थियो । देउवा २०७७ चैत्र भित्र महाधिवेशन गर्न तयार भएको बुझिएको छ । एक वर्ष कार्यकाल थप्ने पक्षमा पौडेल सहमत छैनन् । उनले कम्तिमा आगामी मंसिरभित्र महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् । अब यी विषयहरुबारे बहस र छलफल काँग्रेस बैठकमा हुने भएको छ । देउवा र पौडेल पक्षबीच सानेपास्थित पार्टी केन्द्रीय कार्यालयको टेबलमै हुने भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्